परिभाषा

सौर्य–वायु ऊर्जा मिनी ग्रीड प्रणाली भन्नाले वायु ऊर्जाको स्रोतबाट विद्युत उत्पादन गर्नृे प्रणालीलाई बुझ्न सकिन्छ ।

राष्ट्रिय प्रशारण लाइन र अन्य नवीकरणीय ऊर्जा स्रोतवाट विद्युत सेवा उपलव्ध नभएका क्षेत्रमा मात्र सौर्य—वायु ऊर्जाको मिश्रित स्रोतवाट विद्युत उपलव्ध गराइनेछ ।

 

क्षमता, मुल्य र अनुदान रकम

सौर्य ऊर्जा र वायु ऊर्जाको मिश्रित स्रोतबाट ५ किलोवाट देखि १०० किलोवाट क्षमता सम्मका सामुदायिक वा सहकारी वा निजि वा सार्वजनिक निजि साझेदारी स्वामित्वमा आधारित विद्युतीय आयोजनाहरुका लागि उपलबध गराइने अनुदान रकम देहाय बमोजिम हुनेछः

अनुदान बर्गीकरण अनुदान रकम (रु.मा)
“क” वर्गका क्षेत्र “ख” वर्गका क्षेत्र “ग” वर्गका क्षेत्र
वितरण प्रणाली (प्रति घरधुरी) ३२,००० ३०,००० २८,०००
उत्पादन प्रणालीका लागि  (प्रति किलोवाट) १७५,००० १६५,००० १५०,०००

तर उत्पादन र वितरणमा प्रति किलोवाटको लागि अधिकतम अनुदान रकम “क”, “ख” र “ग” वर्गका क्षेत्रमा क्रमशः रु. ४९५,०००; रु. ४६५,००० र रु. ४३०,००० भन्दा बढी हुने छैन । वितरण प्रणालीमा अनुदान प्रति किलोवाट अधिकत  १० घरपरिवारलाई उपलव्ध गराइनेछ ।

तर माथि जुनसुकै कुरा उल्लेख भएतापनि नमूना आयोजनाको लागि नेपाल सरकार तथा विकास साझेदार वीच भएको सहमती अनुसार माथि उल्लेखित अनुदान रकम भन्दा वढि समेत आर्थिक सहयोग गर्न सकिनेछ ।

 

अनुदान सम्बन्धी प्रवधानहरु

क. सौर्य–वायु ऊर्जा मिश्रित मिनी ग्रीड प्रणालीमा अनुदान प्राप्तिका लागि सैदान्तिक आधारः

सौर्य–वायु ऊर्जा मिनी ग्रीड प्रणालीको अनुदान प्राप्त गर्नका लागि देहाय बमोजिमको योग्यता पुरा भएको हुनुपर्नेछः

  • सौर्य–वायु ऊर्जा प्रणालीको माध्यमबाट सामुदायिक विद्युतीकरणको लागि योग्य हुन सामुदायमा राष्ट्रिय प्रसारण लाईन वा अन्य सामुदायिक विद्युत प्रणालीबाट विद्युतीकरण नभएको हुनुपर्नेछ ।
  • सौर्य–वायु ऊर्जा आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन, तथ्याङ्क अध्ययनमा (Assessment) आधारित रहि गर्नुपर्नेछ ।
  • अनुदान आवेदन फारम, विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन, श्रोत तथ्याङ्क आधार केन्द्रमा तोकिएको ढाँचामा पेश गर्र्नुुपर्नेछ ।
  • मिनि ग्रीडमा आधारित सौर्य–वायु मिश्रित ऊर्जा आयोजनामा वित्तिय श्रोतको सुनिश्चितता प्रणाली जडानको लागि कम्पनी छनौट भई सम्झौता हुनुपूर्व नै निश्चित हुनुपर्नेछ ।

ख. सौर्य वायु ऊर्जा मिश्रित मिनी ग्रीड प्रणालीको अनुदान परिचालन प्रक्रियाः

सौर्य–वायु ऊर्जा प्रणालीको अनुदान परिचालन प्रक्रिया देहाय बमोजिम हुनेछः

  • आयोजनाको पहिचान तथन पूर्व सम्भाव्यता अध्ययन केन्द्र वा आफ्ना बाह्य पहुँच केन्द्र वा स्वतन्त्र परामर्शदाताबाट गरिनेछ ।
  • केन्द्र्रले माग÷निवेदन जम्मा गर्नेछ र पूर्व सम्भाव्यता अध्ययनको लागि आयोजना छनौट केन्दबाट स्वीकृत आयोजना छनौट मापदण्डका आधारमा हुनेछ ।
  • पूर्व सम्भाव्यता अध्ययनबाट सिफारिस भएका आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण लगायत (आवश्यक भएमा) विस्तृत सम्भाव्यताको अध्ययन केन्द्र वा यसका बाह्य पहुँच केन्द्र वा स्वतन्त्र परामर्शदाताबाट गरिनेछ ।
  • निर्माणकर्ताले आयोजनाको विस्तृत सम्भाव्यताको अध्ययन स्वतन्त्र रुपमा केन्द्रको मापदण्ड बमोजिम गर्नेछ ।
  • सौर्य–वायु ऊर्जा प्राविधिक मूल्याङ्कन समितिबाट आयोजनाको जाँच गरि प्राविधिक ÷ स–शर्त स्वीकृति दिइनेछ ।
  • आयोजनालाई ऋण आवश्यक पर्ने भएमा ऋणको पूर्व स्वीकृत आयोजनाको स्वीकृत हुनु अघि नै हुनुपर्नेछ ।
  • सौर्य–वायु ऊर्जा प्रणालीको प्राविधिक मापदण्ड आयोजनाको स्वीकृत बोलपत्र कागजातमा उल्लेख भएको गुणस्तरसँग मेल खानु पर्नेछ ।
  • आयोजना निर्माणकर्ताले आफ्नो तर्फबाट हुने वित्तिय योगदानको सुनिश्चितता सम्बन्धित कागजात सहित आयोजना स्वीकृत हुनु अघि अनुदान नीतिको दफा १२ अनुसार उपलब्ध गराउनु पर्नेछ ।
  • केन्द्र, बाह्य पहँुच केन्द्र वा केन्द्रको सम्बन्धित निकायले खरिद ऐन तथा नियमावली वा सरकार र विकास साझेदार बीचको सम्झौता बमोजिम सूचना आह्वान गर्नेछन् ।
  • आयोजना निर्माणकर्ताले स्वीकृत कागजातको साथमा अनुदान निवेदन फारम, बोलपत्र कागजात, आयोजनाको लागत मूल्य, मूल्याङ्कन प्रतिवेदन तथा उपभोक्ताको योयदानको सुनिश्चतता देखिने प्रमाण सहितका कागजातहरु केन्द्रमा बुझाउनु पर्नेछ । प्राप्त सिफारिस अनुसार केन्द्रले आयोजनाको स्वीकृत गर्नेछ ।
  • अतिरिक्त अनुदानको लागि उपभोक्ता समूहको लक्षित समूहबाट केन्द्रमा, बाह्य पहँुच केन्द्र मार्फत निवेदन दिनुपर्नेछ । सरकारले जारी गरेको परिचय पत्र वा गाँउपालिको÷ गरिबी निवारण कोष आदिले जारी गरेको सिफारिस पत्र लक्षित समूदायलाई अतिरिक्त अनुदान प्रदान गर्न पहिचान गर्ने आधार हुनेछन् ।
  • लाभान्वित (उपभोक्ता समिति) र छनौट भएका कम्पनीबाट केन्द्र वा केन्द्रको आधिकारीक निकाय साक्षीको रुपमा रहने गरी उपकरणको आपूर्ति, परिचालन, जडान, परीक्षण तथा हस्तान्तरण, सञ्चालन र मर्मत कार्य सम्पन्न गर्न सम्झौता गरिनेछ । ESCO (ऊर्जा प्रदायक कम्पनी) मोडलको हकमा केन्द्र र ESCO बीच सम्झौता गरिनेछ ।
  • ठेकेदार र रोजगारदाता (वा केन्द्र) बीच भएको सम्झौता पत्र बमोजिम भुक्तानी गरिनेछ ।
  • अनुदान रकम अग्रिम भुक्तानी गरेको खण्डमा भुक्तानी रकम बाँकी दिनुपर्ने किस्ता रकममा घटाई दिइने छ ।
  • बैंक प्रत्याभूतिको रकम कार्य सम्पादन सुरक्षा सञ्चालन र मर्मत वा प्रत्याभूति अवधि सफलता पूर्वक समापन गरे पछि मात्र फूकुवा गरिनेछ ।
  • परामर्श सेवा खरिदको हकमा रोजगारदाता (केन्द्र) र परामर्शदाता बीचमा भएको सम्झौता बमोजिम भुक्तानी दिइनेछ ।
  • पावर हाउस र प्रणाली जडान गर्नका लागि आवश्यक जग्गा निवेदकले कानुनी रुपमा मिलाउनु पर्नेछ ।
  • सौर्य–वायु ऊर्जा प्रणालीको परिक्षण तथा हस्तान्तरणको कार्य केन्द्र वा यसका बाह्य पहँुच केन्द्र, सम्बन्धित कम्पनी र समुदायको उपस्थितिमा गरिनेछ ।

आयोजनाको कार्य सम्पन्न भइ सके पछि जडान गर्ने कम्पनीले कार्य सम्पादन प्रतिवेदन बाह्य पहँुच केन्द्र मार्फत सिफारीस पत्रका साथ केन्द्रमा बुझाउनु पर्नेछ ।

केन्द्रबाट आफु समक्ष प्राप्त भएको प्रतिवेदनको मूल्याङ्कन तथा अध्ययन गर्नु पर्नेछ र स्थलगत सुपरिक्षण आफै वा यसका बाह्य पहँुच केन्द्र मार्फत गरि कोषलाई अनुदानको लागि सिफारीस गरिनेछ ।

उक्त सिफारीस कोषले ठीक ठहराएको खण्डमा थप परीक्षण र मूल्याङ्कन गरि उपयुक्त देखिएमा सम्बन्धित कम्पनीलाई भुक्तानी दिइनेछ ।

जगेडा रकम (सम्झौता रकमको पाँच प्रतिशत) कम्तीमा एक वर्षको लागि धरौटिको रुपमा बिक्री पछिको सेवाको लागि राखिनेछ । जुन कोषले सम्बन्धित कम्पनीलाई केन्द्रबाट स्थलगत अनुगमन गर्दा उपभोक्ताले आयोजनाको सञ्चालन बिना झन्झट सन्तोषजनक रुपमा गरेको प्रमाणित गरे पछि केन्द्रको सिफारीस उपलब्ध गराइनेछ ।

ग. सौर्य वायु ऊर्जा मिश्रित मिनी ग्रीड प्रणालीमा अनुगमन तथा मूल्याङ्कनका आधारः

सौर्य–वायु ऊर्जा प्रणालीको अनुगमन तथा मूल्याङ्कन देहाय बमोजिमको योग्यता पुरा भएको हुनुपर्नेछः

  • केन्द्रले जडान भएका प्रणालीहरुको अनुगमन केन्द्र आफै, आफ्ना वाह्य पहुँच केन्द्र वा स्वतन्त्र परमर्शदाताबाट गराउनेछ ।
  • जडान गरिएका प्रणालीहरुको शत प्रतिशत रुपमा प्रणालीको अनुगमन गरिनेछ ।
  • नवीकरणीय ऊर्जा परीक्षण केन्द्रले केन्द्रको सुझाव बमोजिम समय समयमा जाँच र परीक्षण गर्न सक्नेछ ।
  • लाभान्वितवा केन्द्रले गुणस्तरीय कार्य र स्वीकृत कार्य सुनिश्चितताका लागि पूर्व सम्झौता, खरिद प्रक्रिया, प्राविधिक विशिष्टिकरण र मापदण्डको प्रमाणीकरण गर्नेछ ।
  • केन्द्र आफै वा यसका बाह्य शाखा केन्द्रले जडान पछिको सेवाको अनुगमन गर्नेछ । छुट्टाछुटै उपकरणहरु र सम्पूर्ण प्रणालीको प्रत्याभूति अवधि निर्धारण निर्माणकर्ता तथा केन्द्र बीचको सम्झौता बमोजिम हुनेछ ।
  • प्रत्याभूति अवधि समाप्त भएपछि जडित प्रणालीको स्थलगत अनुगमन स्वतन्त्र परामर्श सेवा प्रदायक वा तेस्रो पक्षबाट नमुनाको आधारमा गराइनेछ ।
  • गुनासोमा आधारित अनुगमन कार्य जुनसुकै माध्यामबाट प्राप्त भएको गुनासोको सम्बोधन गर्नको लागि गरिनेछ ।
  • आयोजना कार्यान्वयन भएको तीन वर्ष पश्चात प्रभाव अध्ययन या उपभोक्ता सर्वेक्षणको आधारमा आयोजना प्रभाव मूल्याङ्कन गरिनेछ ।

घ. सौर्य वायु ऊर्जा मिश्रित मिनी ग्रीड प्रणालीे सम्बन्धि दण्ड तथा जरिवानाः

प्रणाली निर्माण सम्पन्न पश्चात जडानकर्ता कम्पनीले केन्द्रद्वारा तयार गरिएको प्राविधिक मापदण्ड तथा निर्देशिका अनुसार कार्य नगरेमा निम्न बमोजिमको दण्ड तथा जरिवाना व्यहोर्नु पर्नेछ ।

  • ठेकेदार वा परामर्शदातालाई दण्ड तथा जरिवाना रोजगारदाता (केन्द्र) र ठेकेदार वा  परामर्शदाता बीच भएको सम्झौता बमोजिम गरिनेछ ।
  • अनुगमनको क्रममा पाइएका सामान्य त्रुटि कार्यको समाधान गर्न ठेकेदार वा परामर्शदाता दुबैका लागि एकपटक मात्र अवसर दिइनेछ ।
  • परामर्शदाता, ठेकेदार र केन्द्रको प्रतिनिधिहरुले संयुक्त रुपमा विवादको प्रमाणिकरण र समाधान गर्न सक्ने छन् ।
  • त्रुटि सच्याउन नसक्ने र केन्द्रको मापदण्ड बमोजिमको कार्य नगर्ने ठेकेदार वा परामर्शदातालाई प्रचलित नियमानुसार कार्वाही हुनेछ ।

 

सुचिकृत संस्था

प्रणाली निर्माण सम्पन्न पश्चात जडानकर्ता कम्पनीले केन्द्रद्वारा तयार गरिएको प्राविधिक मापदण्ड तथा निर्देशिका अनुसार कार्य नगरेमा निम्न बमोजिमको दण्ड तथा जरिवाना व्यहोर्नु पर्नेछ ।

 

पहुँचका आधारमा (दुर्गम) जिल्लाको वर्गिकरण