परिभाषा

सुधारिएको फलामे चुलो भन्नाले खाना पकाउने तथा कोठा तताउनका लागि फलामका पाताहरुबाट बनाईएको निश्चित मापदण्डका फलामको किफायती चुलोलाई बुझ्नि सकिन्छ । क्षमता र बनोटका आधारमा हाल तीन प्रकारका घरायसी सुधारिएको फलामे चुलोहरु प्रयोगमा रहेका छन् । ती हुन्

  • एक मुखे सुधारिएको फलामे चुलो
  • दुई मुखे सुधारिएको फलामे चुलो
  • तीन मुखे सुधारिएको फलामे चुलो

घरायसी सुधारिएको फलामे चुलो प्रणालीको प्रर्वद्धन गर्नको लागि समुद्र सतह देखि १५०० मिटर भन्दा वढी उचाई भएका क्षेत्रलाई लक्षित गर्दै खाना पकाउन र कोठा तताउन घरायसि सुधारिएको फलामे चुलोहरु प्रयोगमा रहेका छन् ।

 

क्षमता, मुल्य र अनुदान रकम

क. नियमित अनुदान सम्बन्धि व्यवस्था

वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्रको मिति २०७५।०४।२० मा प्रकाशित सुधारिएको फलामे चुलो प्रणालीकोे अधिकतम सन्दर्भ मूल्य निर्धारण सम्बन्धि सुचना बमोजिम आर्थिक वर्ष २०७५।७६ को लागि घरायसी सुधारिएको फलामे चुलो प्रणालीको अधिकतम सन्दर्भ मूल्य र अनुदान रकम तपसिल बमोजिम रहेको छ ।

साईज “क” वर्ग “ख” वर्ग “ग” वर्ग
  अधिकतम सन्दर्भ मुल्य अनुदान अधिकतम सन्दर्भ मुल्य अनुदान अधिकतम सन्दर्भ मुल्य अनुदान
ICS- S29(एक वा दुई मुखे) ८,९८७ ।– ४,०००।– ८,६७८।– ३,५००।– ८,३७०।– ३,०००।–
ICS- S30(तीन मुखे) ११,२३७ ।– ५,०००।– १०,७५६।– ४,५००।– १०,२७५ ।– ४,०००।–

 

ख.  लक्षित लाभान्वित वर्गका लागि विशेष अनुदान सम्बन्धि व्यवस्था

घरायसी सुधारिएको फलामे चुलो जडानका गर्न लक्षित लाभान्वित वर्गलाई प्रति चुलो प्रति घरधुरीका लागि थप अनुदान रकम रु. १००० को व्यवस्था गरिएको छ।

 

ग. भुकम्प प्रभावित क्षेत्रको लागि विशेष अनुदान सम्बन्धि व्यवस्था

भूकम्प प्रभावित क्षेत्रमा प्रति चुलो प्रति घरधुरीको कूल लागतको ८० प्रतिशतमा नवढनेगरी रु. ८,००० सम्म थप अनुदानको व्यवस्था गरिएको छ।

 

अनुदान सम्बन्धी प्रवधानहरु

क. अनुदान प्राप्तिका लागि सैद्धान्तिक आधार

  • नेपालका सबै घरधुरी अनुदानका लागि योग्य हुनेछन् ।
  • घरायसी सुधारिएको फलामे चुलोे पन्ध्र सय मिटरभन्दा माथि उचाईमा रहेका घरधुरीमा मात्र प्रर्वद्धन गरिनेछ ।
  • लक्षित उपभोक्तालाई थप अनुदान प्राप्त गर्नको लागि नेपाल सरकारबाट प्रदान गरिएको सम्बन्धित परिचय पत्र, सिफारिस जस्ता कागजात पेश गर्नु पर्नेछ ।

 

ख. अनुदान परिचालन प्रक्रियाः

घरायसी सुधारिएको फलामे चुलो प्रणाली अन्तर्गतको अनुदान परिचालन प्रक्रिया देहाय बमोजिम हुनेछः

  • वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा घरायसी सुधारिएको फलामे चुलोे प्रणाली जडान गर्न सुचीकृत संस्थाहरुले (कम्पनी) केन्द्रको मापदण्ड अनुसार मागको सिर्जना गरि घरायसी सुधारिएको फलामे चुलोको जडान गर्नु पर्नेछ ।
  • उपभोक्ता स्वयमले पनि आफ्नो आवश्यक्ता अनुरुप मान्यता प्राप्त कम्पनीलाई प्रणाली जडानका लागि सम्र्पक गर्न सक्ने छ ।
  • सुचिकृत कम्पनीहरुले घरायसी सुधारिएको फलामे चुलोे प्रणाली अन्तर्गतको अनुदानको लागि निर्धारित अनुदान आवेदन फारम भरी आवश्यक कागजातहरु समेत सलंग्न गरी केन्द्रमा पेश गर्नु पर्नेछ ।

१. कम्पनीहरुले आवेदन फारम साथ घरायसी सुधारिएको फलामे चुलो प्रणाली धनिको नागरिकताको  फोटोकपी

२.  प्राविधिक तथा प्रणाली सहित घरधनीको एकल वा संयुक्त फोटो

  • प्रविधिकोहरुको जडान पश्चात आपूर्तिकर्ताले केन्द्रबाट निर्धारित अनुदान फारम भरी उपभोक्ताको तर्फबाट अनुदान दबी गर्नुपर्नेछ ।
  • आपूर्तिकर्ता स्वंयले अनुदान फारममा उल्लेखित विवरणहरु तथा यस सम्बन्धी कागजातहरु केन्द्रले तोकेको व्यवस्थापन सूचना प्रणाली तथ्याङ्कमा दर्ता गर्नलाई जिम्मेवार हुनु पर्नेछ ।
  • केन्द्रमा प्राप्त भएका तोकिएका सम्पूर्ण प्रावधान पुरा गरेका अनुदान फारमहरुको मूल्याङ्कन गरी केन्द्रले कोषलाई पन्चानब्बे (९५%) प्रतिशत अनुदान रकम स्वीकृत र भुक्तानीको लागि कोष समक्ष सिफारिस गर्नेछ र बाँकि (५%) धरौटि बापत रकम कोषमा छुट्टै खाता खोलि राखिनेछ ।
  • केन्द्रले अनुगमन प्रतिवेदन स्वीकृत गरे पश्चात अग्रिम जमानत रकम वा बैंक प्रत्याभूतिको रुपमा रहेको बाँकि (५%) प्रतिशत रकम फुकुवा गरिनेछ ।
  • यसरी सिफारिस गर्दा केन्द्रले सम्बन्धित कम्पनीबाट अनुदान आवेदन फारम बुझेको मितिले तीस दिनभित्र कोषलाई सिफारिस गरि सक्नु पर्नेछ ।
  • कोषबाट थप परिक्षण तथा मुल्याङ्कन गर्दा अनुदान परिचालन कार्यविधि अनुसार भएको पाइएमा पन्चानब्बे प्रतिशत (९५%) अनुदान रकम सम्बन्धित कम्पनीलाई प्रन्ध्र दिन भित्र भुक्तानी गरिनेछ ।

 

ग. घरायसी सुधारिएको फलामे चुलो प्रविधिको अनुगमन तथा मूल्याङ्कन

  • विभिन्न आपूर्तिकर्ताले आपूर्ति गरेको प्रणाली मध्ये पाँच प्रतिशत चुलोको नमुना छनौटको अनुगमन तेस्रो पक्षबाट गराइनेछ र सोको प्रतिफललाई केन्द्रले तोकेको विधि अनुसार शत प्रतिशत अनुगमन गरेको बुझिनेछ ।
  • तेस्रो पक्षबाट अनुगमनको प्रतिवेदन विचलन पाइएमा सोको प्रमाणीकरण केन्द्र वा यसका बाह्य शाखा केन्द्र वा तेस्रो पक्षले गर्न सक्नेछन् ।
  • केन्द्रले अनुगमन प्रतिवेदन स्वीकृत गरे पश्चात अग्रिम जमानत रकम वा बैंक प्रत्याभूतिको रुपमा रहेको पाँच प्रतिशत फुकुवा गरिनेछ । बिक्री पछिको सेवाको प्रमाणीकरण समेत अनुगमनको कार्य क्षेत्रभित्र पर्नेछ ।

 

घ. दण्ड तथा जरिवाना

प्रमाणीकरण पश्चात विचलनहरु पुष्टी भएमा आपूर्तिकर्ता देहाय बमोजिमको दण्ड जरिवाना लगाइनेछः

क्र.स. विचलनहरुको विवरण वित्तिय जरिवाना         (अनुदानको प्रतिशतमा) वित्तिय बाहेकको जरिवाना
१. जडान नगरी अनुदान दाबी गर्नु (उपभोक्ता भेटिनु तर चल्हो नभेटिनु र उपभोक्ता नभेटिनु वा दिइएको ठेगानामा उपभोक्ताको अस्तित्व नरहनु) २०० यस्तो विचलन अनुगमन गरिएका २०% भन्दा बढि प्रणालीमा पाइएमा त्यस्ता आपूर्तिकर्ताको योग्यता प्रमाणपत्र निलम्बन समेत गर्न सकिनेछ ।
२. एउटै चुलोमा दुई चोटि अनुदान दाबी गर्नु ( एउटा चल्हो तर दुई वटा अनुदान फारम )    
३. अरुले पूर्ण आर्थिक सहयोग गरेको चुलोमा अनुदान दाबी गर्नु    
४. चुलोेमा खोपेको कोड ९भ्लनचबखभ ल्गmदभच० नहुनु १००  
५. चुलो अर्कै व्यक्तिको नाममा जडान भएको पाउनु (अनुदान आवेदन फारममा उल्लेखित उपभोक्ताको जानकारी वा जानकारी बिना १००  
६. अनुदान फारममा भएको कोड चल्होमा खोपेको कोडसँग नमिल्नु ५०  
७. सुधारिएको फलामे चुलोको हकमा केन्द्रले तोकेको प्राविधिक स्पेसिफिकेशनमा विचलन भएर चल्होको कार्य कुशलता तथा क्षमतामा कमी हुनु । उचित जडान नहुनुलाई पनि विचलन मानिनेछ । ५०  
८. अन्य घरायसी चुलोको हकमा स्वीकृत सूचीकृत चल्होहरु भन्दा भिन्न हुनु ५०  
९. प्रत्याभूति सहित बिक्री पछिको सेवा उपलब्ध नगराउनु २०  

 

सुचिकृत संस्था

वैकल्पिक ऊर्जा  प्रबद्र्धन केन्द्रले घरायसी सुधारिएको फलामे चुलो प्रणाली जडानका लागि मान्यता प्राधान गरेका संस्थाहरु निम्न बमोजिम रहेको छ । 

क्र.सं. कम्पनी/फर्म ठेगाना सम्पर्क नम्बर ईमेल
१. जगदम्बा इन्जिनियरिङ्ग वर्क्स गनेशपूर ५, नेपालगञ्ज किरण के.सि ९८४८०३३६७०, ९८०२५४००७५ kiran_kc56@yahoo.com
२. प्रविधि उत्थान इन्जिनियरिङ्ग केन्द्र हेटौंडा ११, मक्वानपूर मोहन प्रसाद पराजुली ९८५५०७१०९ tuecmp@gmail.com
पि.स ईनर्जि हेटौंडा २, मक्वानपूर मोहन प्रसाद पराजुली ९८५५०७१०९ psenergy30@gmail.com
श्री ढुङ्गेश्वरि मेक्यानिकल वोर्कसप जिरी, दोलखा अनिल कार्की ९७४१०४५६६८ anil.karki19@yahoo.com anil.karki19@yahoo.com
जङ्कार मल्टिपल कन्र्सन  प्रा.लि आशरम मार्ग , काठमाडौं महेन्द्र कुमार शर्मा ९८५१०३७०१५ sharmahendra@hotmail.com
सिन्धु ऊर्जा प्रवद्र्धन केन्द्र धुम्बाराही ४, काठमाडौं हस्ट पन्डित ९७५१०३३७०० hasta.sindhu@gmail.com
सुप्रिम सोलार प्रा. लि ललीतपुर २ राजन सैंजु ९८५११६६७३ supremesolar@hotmail.com
स्मार्ट पावर प्रा. लि ठमेल ९ काठमाडौ बबिन मानन्धर ९८५१०२४३२३ babin@smartpower.com.np
सिंहबाहिनि इन्जिनियरिङ्ग वर्क्स एण्ड ईनर्जि प्रा. लि इटहरी २ सुन्सरी टड्ढ प्रसाद तिम्सिना ९८५२०५४४६३ sewitahari123@gmail.com
१० पञ्चकन्या मेटल इन्जिनियरिङ्ग पोखरा १०, कास्क् िदिपेन्द्र राज बास्ताकोटि ९८५६०२५५६० panchakanya@yahoo.co.in
११ पि.स.स ईनर्जि प्रा. लि सानो भर्याङ १५ काठमाडौं रामहरि श्रेष्ठ ९८५१०४०३४८ pss.ren@gmail.com
१२ हक्स पावर नेपाल प्रा. लि बिरगञ्ज ११ पर्सा मनोज कुमार गुप्ता ९८५११३४१६९ manoj4285@gmail.com
१३ नव ऊर्जा को. प्रा. लि ललितपुर नवराज कुँवर ९७४१०१३९४८ nawaurja@gmail.com
१४ ऊर्जा केन्द्र नेपाल बालाजु १६ काठमाडौं पिल्मा गौतम ०१४३६१३६४ urjaknepal@gmail.com
१५ नेपाल पावर सलुसन प्रा. लि हेटौंडा २, मक्वानपुर राजन घिमिरे ९८५५०६७७६० npshetauda@gmail.com

 

पहुँचका आधारमा (दुर्गम) जिल्लाको वर्गिकरण

नेपाल सरकारद्वारा नेपालका ७५ जिल्लाहरुलाई भौगोलिक आधारमा (पहुँचका आधारमा) गरि तीन वर्गमा वर्गिकरण गरेको छ ।

क्र.स. जिल्ला ” वर्गमा पर्ने अति दुर्गम क्षेत्रहरु ” वर्गमा पर्ने दुर्गम क्षेत्रहरु ” वर्गमा पर्ने सुगम क्षेत्रहरु
१. सोलुखुम्बु खुम्जुङ्ग, नाम्चे, चौरीखर्क, जुविङ्ग, छेस्काम, वुङ्ग, गुदेल, वाकु, सोताङ्ग केरङ्ग, तापटिङ्ग,मावे, चौलाखर्क, गाली, टाकासिन्धु,वेनी, लोदिङ्ग, तामाखानी, सल्लेरी, काकु,बासा, जुवु, पानचन, काँगेल, मुकाली, देउसा, गार्मा, नेचावेदघारी, सल्यान, तिङ्गला, भकान्जे, लोखिम,गोराखानी, नेले यसमा उल्लेखित जिल्लाहरुका “क” र “ख” वर्गमा नपरेका क्षेत्रहरु बाँकी जिल्लाहरुका सम्पूर्ण क्षेत्रहरु
२. मनाङ्ग ध्यारु, पिसाङ्ग, भ्रका, खाङ्गसार, मनाङ्ग, ताकीमनाङ, नार, फू थोचे, धारापानी, चामे, वगरचाप
३. मुस्ताङ धामी, चराङ, लोमानथाङ, छोण्डुप, छोसेर, सुरखाङ कागवेनी, छुसाङ, मुक्तिनाथ, लेते, मार्फा,कुन्जो, झोङ, कोवाङ, टुकुचे, जोमसोम
४. रुकूम सम्पूर्ण क्षेत्रहरु  
५. डोल्पा सम्पूर्ण क्षेत्रहरु  
६. मुगु सम्पूर्ण क्षेत्रहरु  
७. हुम्ला सम्पूर्ण क्षेत्रहरु  
८. जुम्ला सम्पूर्ण क्षेत्रहरु  
९. कालीकोट सम्पूर्ण क्षेत्रहरु  
१०. ताप्लेजुङ्ग ओलाङ्गचुंगोला, पापुङ्ग, याम्फदिन, लेलेप इखावु,थापेथोक
११. संखुवासभा पवा खोला, हतिया, चेपुवा, नुम, किमाथान्का, सिसुवा, वाला, मकालु, माङ्गतेवा, याफु, ताम्फु, पाथिभारा दिदिङ्ग
१२. दोलखा विगु, आलम्पु, गौरिशंकर, लामाबगर खारे,मार्वु, ओराङ्ग, चिलङ्खा
१३. रसुवा थुमन, टिमुरे, लाङ्गटाङ्ग, चिलिमे वृदिम, हाकु, गत्लाङ्ग, गोलजुङ्ग
१४. गोरखा ल्हो, सामागाउ, प्रोक, विही, चुनचेत, चेकम्पार सिर्दिवास, उइया, केरौजा, काशीगाउँ, मान्वु, लाप्राक, गुम्दा, लापु
१५. रोल्पा सम्पूर्ण क्षेत्रहरु  
१६. अछाम सम्पूर्ण क्षेत्रहरु  
१७. सिन्धुपालचोक गुम्बा, फुलपिङ्गकटी, तातोपानी  
१८. धादिङ्ग लापा, तिप्लिङ्ग  
१९. जजरकोट सम्पूर्ण क्षेत्रहरु  
२०. दैलेख सम्पूर्ण क्षेत्रहरु  
२१. बाजुरा सम्पूर्ण क्षेत्रहरु  
२२. बझाङ सम्पूर्ण क्षेत्रहरु  
२३. दार्चुला सम्पूर्ण क्षेत्रहरु